परिचय

कुनै पनि जीवित प्राणि या बनस्पतिलाई स्याहार सुसार गरि हुर्काइ बढाई जिबनोपयोगी सेवा तथा उत्पादन लिने कार्यलाई कृषि भनिन्छ । बर्षमा कमसेकम ५२ दिन खेत बारीको काम वा बोट बिरुवा एबम पशुपंक्षीको स्याहार गरि मानबोपयोगी बस्तु उत्पादन गर्न या जल जमिन एबम जंगलबाट खान योग्य प्राकृतिक उत्पादन संकलन गर्नमा व्यतित गर्ने व्यक्तिलाई किसान भन्नु पर्दछ ।

१ ज्ञान तथा सेवा मुखी किसान

बोट बिरुवा वा पशु पंक्षीको स्याहार गर्ने तर त्यसबाट आम्दानीको अपेक्षा नराखी प्रकृति तथा समाजको हितको लागि काम गर्ने, जस्तै बालिका पुराना जातहरुको संरक्षण गर्ने, बिउ बिरुवाहरु या पशु पन्क्षिका बच्चा उत्पादन गरि अरुलाई उपलब्ध गराउने, कृषि सम्बन्धि कार्यगत अनुसंधानहरू गर्ने, कृषि उपज उत्पादन गरि अनाथालय, बृद्धाश्रम जस्ता सामाजिक स्थलमा दान गर्ने वा कृषिलाई कर्मयोगका रुपमा बुझेर आफुलाई त्यसमा समर्पित गरिरहने किसानहरु यो बर्गमा पर्नुहुनेछ ।

२. आयमुखी किसान

कृषिकर्म बाट खाद्य सुरक्षा या आर्थिक उत्पादनको अपेक्षा गर्ने किसानहरु यस बर्गमा पर्नुहुनेछ । यस अन्तर्गत निम्न अनुसारका किसानहरु हुनसक्नुहुनेछ –

  • २.१ घरेलु किसान: घरका खालि ठाउँहरु तथा घर वरिपरिका साना ठाउँहरुमा खाद्य सुरक्षण वा आयआर्जनका लागि बोट बिरुवा वा पशुपंक्षी हुर्काउने किसानहरु यस बर्गमा पर्नुहुनेछ । यस्ता किसानहरु बढीजसो सहरी क्षेत्रमा हुने अपेक्षा गर्न सकिन्छ । ग्रामिण भेगका थोरै जमिन भएका किसानहरु, भूमिहीन कृषि मजदुरहरु, व्यस्तता वा विशिष्ट शारीरिक अबस्थाका कारण घर भित्र वा वरिपरी मात्रै खेति गर्ने व्यक्ति एबम जेस्ठ नागरिकहरु पनि यो प्रकारमा पर्न सक्नुहुनेछ । उत्पादनका हिसाबले यस प्रकारका किसानको बार्षिक कृषि जन्य उत्पादन रु ३,४९,७००/- (2X) भन्दा कम हुनेछ
  • २.२ साना किसान: बार्षिक कृषिजन्य उत्पादन ३,४९,७००/- देखि रु ६,९९,४००/- (4X) सम्म
  • २.३ मझौला किसान: बार्षिक कृषिजन्य उत्पादन ६,९९,४०१/- देखि रु १३,९८,८००/- (8X) सम्म
  • २.४ ब्याबसायिक किसान: बार्षिक कृषिजन्य उत्पादन १३,९८,८०१/- देखि २७,९७,६००/- (16X) सम्म हुने
  • २.५ उद्यमी किसान: बार्षिक कृषि जन्य उत्पादन २७,९७,६००/- भन्दा बढी हुने

३ प्राकृतिक किसान

बर्षमा ५२ दिन भन्दा बढी समय जमिन, जल, जंगलमा खेति नगरिएका आफैं उम्री जानी हुर्केका प्राकृतिक खाद्य बस्तु संकलनमा व्यतित गर्ने मानिस

  • ३.१ साना संकलक : माथिको परिभाषामा पर्ने तर बार्षिक संकलन रु ३,४९,७००/- (2X) भन्दा कमहुने
  • ३.२ मझौला संकलक: बार्षिक संकलन रु ३,४९,७००/- देखि ६,९९,४००/- (4X) सम्म हुने
  • ३.३ ब्यबसायिक संकलक: बार्षिक संकलन रु ६,९९,४००/- देखि १३,९८,८००/- (8X) सम्म हुने
  • ३.४ उद्यमी संकलक: बार्षिक संकलन रु १३,९८,८००/- भन्दा बढी हुने

(द्रष्टब्य: X = नेपाल सरकारले तोकेको प्रति व्यक्ति न्युनतम ज्याला दर मासिक १३,४५०/- ले एक जनाको १३ महिनामा हुन् आउने आय )

- गोबिन्द शर्मा, फागुन ११, २०७५ फेसबुक; संसोधन चैत्र ४, २०७५

ब्यबसायिक तथा उद्यमी किसान एबम संकलकहरुलाई करको दायरामा ल्याउनु पर्दछ तर साना एबम मझौला किसान तथा संकलकलाई कर छुट दिनुपर्दछ । ब्याबसायिक तथा उद्यमी संकलकले आफुले संकलन गर्ने छेत्र निश्चित गरेर बाताबरणीय प्रभाब मुल्यांकन गराइ अनुमति लिएर मुल्यांकनले तोकिदिएको सिमा भित्र रहेर मात्र संकलन गर्नु पर्दछ ।

HASERA Permaculture Learning Center